कांग्रेस बैतडी सभापतिमा चतुरबहादुर चन्द निर्वाचित

नेपाली कांग्रेस बैतडी सभापतिमा चतुरबहादुर चन्द विजयी भएका छन् । उनले ८०९ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी शिवराज भट्टले ४८९ मत मात्रै पाए । 

उपसभापतिबाहेक पदाधिकारीमा अन्य पदमा पनि चन्द प्यानलबाटै विजयी भएका छन् । उपसभापतिमा शिवराज भट्ट प्यानलका वीरबहादुर विष्टबाहेक अरू सबै पदमा चन्द प्यानलका उम्मेदवार विजयी भएका हुन् । 

विष्टले ६५८ मत प्राप्त गरेर विजय हासिल गरेका छन् । अर्को उपसभापतिमा चन्द प्यानलका खगेन्द्रसिंह धामीले ६२४ मत प्राप्त गरेर विजय हासिल गरेका छन् । उपसभापतिमा प्रतिस्पर्धा गरेका चन्द प्यानलका रमेशदत्त पाण्डे (६०८) र भट्ट प्यानलका हरिसिंह धामी (५५२) मत ल्याएर पराजित भएका छन् । 

सचिवमा चन्द प्यानलका प्रेमबहादुर चन्दले ६४० र देवराज जोशीले ६३३ विजयी भएका छन् । भट्ट प्यानलका रमेशसिंह भण्डारी ५९५ र कर्णबहादुर बोहरा ५२९ मत ल्याएर पराजित भएका छन् । 

सहसचिवमा पनि चन्द प्यानलका दिपेन्द्रबहादुर चन्द ६६६ र दशरथसिंह चाड ६५४ मत ल्याएर विजयी भएका छन् । भट्ट प्यानलका घनश्याम भट्ट ५३० र रमेश कोली ५७४ मत ल्याएर पराजित भएका छन् । 

बैतडीमा १ हजार ४०९ मत रहेकामा १ हजार ३४८ मत खसेको थियो ।





  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार ७:११:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया