माओवादी केन्द्रीय सदस्य बन्जाडेको दुर्घटनामा निधन

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे (टंकमणि) को दुर्घटनामा परी निधन भएको छ ।

ना ५ ख ९०६ नम्बरको यात्रुवाहक बसले लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको निधन भएको हो । बन्जाडे मोटरसाइकलमा सवार थिए ।

उनी मंगलबार राति करिब ९ बजे बुटवलको जितगढीमा दुर्घटनामा परेका थिए । बुटवल बेलबासका ५५ वर्षीय बन्जाडे मोटरसाइकल पछाडि सवार थिए । उनको उपचारको क्रममा बुधबार बिहान निधन भएको हो ।

मोटरसाइकल चालक भने सामान्य घाइते भएका प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार ७:२७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया