नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा भेषराज पाण्डे निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी सर्वजित डिसीलाई हराउँदै उनी जिल्ला सभापति बनेका हुन् । पाण्डेले ४२२ मत प्राप्त गर्दा डिसीले २५७ मतमै चित्त बुझाए ।
पाण्डे अहिले पनि क्षेत्रीय सभापति हुन् । पाण्डेको टीम नै निर्वाचित भएको छ । उनी संस्थापन पक्षका उम्मेदवार हुन् ।
काे काे विजयी भए ?
सभापति : भेषराज पाण्डे- ४२२ (विजयी)
सर्वजित डिसी- २५७
सचिव २
कृष्णकुमार चौधरी २३५
खेमलाल चौधरी ४२१ (विजयी)
राजेन्द्र खड्का २३८
हरिहर शर्मा ४०० (विजयी)
सहसचिव २
गोविन्दकुमार वली ४६३ (विजयी)
प्रकाशकुमार जिसी ४०८ (विजयी)
मीनराज अधिकारी २४२
जमिर साह १८३
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।