कांग्रेस महाधिवेशन : सुर्खेत क्षेत्र नम्बर १ मा डाँगीकाे प्यानल नै विजयी

सुर्खेत क्षेत्र नम्बर १ मा झकबहादुर डाँगीको प्यानल विजयी भएको छ । संस्थापन (देउवा)समूहबाट डाँगीको प्यानलले भारी मतअन्तरमा विजयी हासिल गरेको हो ।

सभापति डाँगीले ७१९ मत ल्याई विजयी हुँदा उनका प्रतिद्वन्द्वी बल बहादुर वलीले १०३ मत प्राप्त गरे ।

जम्मा ९१७ क्षेत्रीय प्रतिनिधिहरूमध्ये मंगलबार भएकाे निर्वाचनमा ८७४ मत खसेकाे थियाे ।

क्षेत्रीय सचिवमा मोहन रानाले ७२० र पदम बहादुर खत्रीले ७१७ मत प्राप्त गरेका छन् भने सहसचिवमा प्रेम सिंह ठकुरीले ६८४ र यामलाल पंगालीले ६८७ मत प्राप्त गरी विजय हासिल गरेका छन् ।

साथै, कांग्रेस महामन्त्री पूर्ण बहादुर खड्काले सुर्खेत क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका थिए । उनले ७३६ मत प्राप्त गरी विजय भएका छन् ।

कांग्रेस केन्द्रीय समितिमा रहेका पदाधिकारी स्वतः महाधिवेशन प्रतिनिधि हुने विधानतः व्यवस्था भए पनि महामन्त्री खड्काले आफ्ना क्षेत्रका प्रतिनिधिद्वारा अनुमोदित भएर जाने भन्दै उम्मेदवारी दिएका थिए ।




 



  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार ८:९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया