च्याम्पियन्स लिग: सेभिया विजयी

च्याम्पियन्स लिग अन्तर्गत मंगलबारकाे खेलमा घरेलु टाेली सेभियाले उल्फ्सबर्गमाथि २-० काे जित हात पारेकाे छ ।

राेमन साञ्चेज पिज्जुअनमा सेभियालाई जित दिलाउन जाअन जाेर्डन र राफा मिरले गाेल गरे ।

खेलकाे १२‌‍औं मिनेटमा जाेर्डनले गाेल गर्दै सेभियालाई अग्रता  दिलाएका थिए । थप गरिएकाे समयमा मिरले गाेल गर्दै टाेलीकाे जित पक्का गरे ।

याे जितसँगै ५ खेलमा ६ अंक जाेडेकाे सेभिया समूह `जी´काे तेस्रो स्थानमा उक्लिदा उल्फ्सबर्ग समान खेलबाट ५ अंकका साथ अन्तिममा छ ।

यही समूहकाे अर्को खेलमा लिलीले साल्जबर्गमाथि १-० काे कठिन जित हात पार्‍याे ।
 





  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार ८:२६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया