गुल्मीमा एकैपटक ८० हजारलाई काेभिडविरुद्धकाे खोप लगाइँदै

गुल्मीमा एकैपटक ८० हजार नागरिकलाई काेभिड-१९ विरुद्धकाे खोप लगाउन सुरु गरिएको छ ।

जिल्लामा अहिलेसम्म करिब साढे ६२ हजारले खोप लगाएका छन् । तर, मंगलबारबाट १८ वर्ष माथिका नागरिकलाई पुग्ने गरी खाेप लगाउन सुरु गरिएकाे प्रमुख जिल्ला अधिकारी पूण्यविक्रम पौडेलले जानकारी दिए । 

मंगलबारबाट जिल्लाका १२ वटै स्थानीय तहका सबै स्वास्थ्य संस्थाबाट खोप अभियान सञ्चालन भइरहेको छ । 

जिल्ला आएकाे ८० हजारमध्ये ७९ हजार ६०० डोज खोप १२ वटै स्थानीय तहमा पठाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पशुपति आचार्यले जानकारी दिए । 

यो खोप १८ वर्ष भन्दा माथि र तीन महिनाको गर्भ नाघेका महिलालाई परिचय पत्रको आधारमा दिइने व्यवस्था मिलाइएको आचार्यले बताए । खोप अभियान बिहीबारसम्म चल्ने स्वास्थ्य कार्यालयले जनाएको छ । 
 





  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार ८:५६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया