इलाम क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा समशेर राई निर्वाचित भएका छन् । उनी २४७ मतसहित क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् ।
सभापतिमा निर्वाचित राई रोङ गाउँपालिकाका अध्यक्ष हुन् । उनका निकटतम प्रतिष्पर्धी भीष्म प्रधानले २१४ मत प्राप्त गरे । सभापतिका अर्का प्रतिस्पर्धी दुर्गा बरालले १ सय ९७ मत पाए ।
क्षेत्रीय सभापतिका चार उम्मेदवारमध्ये मिलन क्षेत्रीले २१ मत ल्याएका छन् ।
क्षेत्रीय सचिवमा राजकुमार लिम्बु र यामन लामा विजयी भएका छन् । लिम्बुले २५४ मत र लामाले २३१ मत प्राप्त गरे । सहसचिवमा प्रज्वल भट्टराइले ३१० र बुद्रधराज लिम्बुले २६६ मत ल्याएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।