च्याम्पियन्स लिग : सिटीलाई पिएसजीकाे चुनौती

च्याम्पियन्स लिग अन्तर्गत बुधबार हुने खेलमा दुई ठूला क्लब म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पिएसजी) प्रतिस्पर्धा गर्दैछन् ।

खेल नेपाली समय अनुसार राति पौने २ बजे सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा हुनेछ । दुवै टोली आजको खेलमा जित हात पार्दै नकआउट चरणमा स्थान सुरक्षित गर्ने सोचमा हुनेछन् ।

समूह ‘ए’ सिटी ९ अंकका साथ शीर्ष र ८ अंक जोडेको पिएसजी दोस्रो स्थानमा छन् । च्याम्पियन्स लिगमा हालसम्म यी दुई टोलीले ५ खेलमा प्रतिस्पर्धा गर्दा सिटीले ३ पिएसजीले १ जित हात पार्दा १ खेल बराबरीमा सकिएको छ ।

सन् २०१६ को पहिलो भेट २-२ को बराबरीमा सकिँदा यही सिजनको पहिलो लेगमा पिएसजी २-० ले विजयी भएको थियो ।

युवा खेलाडीले भरिएको दुवै टोलीबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ । सिटी घरेलु मैदानको फाइदा उठाउने सोचमा हुनेछ भने पिएसजी पनि जितलाई निरन्तरता दिने प्रयासमा छ । 

लिग अन्तर्गत बुधबार नै हुने अन्य खेलमा क्लब ब्रुगले आरबी लाइप्जिगको सामना गर्दा बेसिक्टास र आयाक्स आमनेसामने हुनेछन् । इन्टर मिलानले घरेलु मैदान शाख्तर डोनेक्ससँग प्रतिस्पर्धा गर्दा सेरिफले रियल मड्रिडलाई स्वागत गर्नेछ ।



एट्लेटिको मड्रिडले एसी मिलानलाई आतिथ्यता गर्दा लिभरपुलले पोर्टोको सामना गर्नेछ । स्पोर्टिङ सिपीले घरेलु मैदानमा बेरुसिया डर्टमण्डसँग खेल्नेछ ।



  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार ११:४०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया