नेपाली बजारमा आज(बुधबार) पनि सुनको मूल्य घटेको छ ।
प्रति ताेलामा ५०० रुपैयाँले घटी ९१ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे पनि सुनकाे मूल्य एक हजार ६०० रुपैयाँले घटेकाे थियाे।
तेजाबी सुनकाे मूल्य ९१ हजार ३०० रुपैयाँ ताेकिएकाे छ ।
सुनकाे मूल्यसँगै चाँदीकाे मूल्य पनि घटेकाे छ । प्रति ताेलामा ३० रुपैयाँले घटी एक हजार २२५ रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।