अवैध लागुऔषधसहित दुईजना पक्राउ

नवलपरासी(पूर्व)मा अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन्।

जिल्लाकाे बिनयी त्रिवेणी गाउँपालिका-१ सानो टाडीबाट करिब १ किलो ९३२ ग्राम गाँजाको धुलोसहित सोही ठाउँस्थित ससुराली घरमा बस्ने काभ्रे महाभारत गाउँपालिका-३ घर भएका २२ वर्षीय कुखाङ वाईवा मंगलबार दिउँसाे पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय दुम्कीबासबाट खटिएको प्रहरीले उनको कोठा जाँच गर्ने क्रममा कोठामा लुकाइ राखेको अवस्थामा उक्त गाँजाको धुलोसहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

यसैगरी झापामा पनि अवैध लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।

कन्काई नगरपालिका-७ बिरिङबाट ५ ग्राम खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थसहित सोही नगरपालिका-३ बस्ने २८ वर्षीय सुप्रकाश राई मंगलबार साँझ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण व्यूरो काकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 



यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार १३:१०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया