नेपाली कांग्रेस महाधिवेशनअन्तर्गत सुर्खेतमा भएको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को अधिवेशनमा इन्द्रबहादुर रावल विजयी भएका छन् । उनी ६४८ मत ल्याएर विजयी भएका छन् । उनी शेरबहादुर देउवा प्यानलका हुन् ।
रावलले रामचन्द्र पौडेल पक्षका उम्मेदवार ललित भट्टराईलाई १९८ भारी मतान्तरले पराजित गरेका हुन् । भट्टराईले २८८ मत ल्याएका छन् । सभापतिका उम्मेदवार लालविर भण्डारीले भने ६ मत मात्रै पाए ।
सचिवमा दीलिपकुमार बाग्लेले ४९९ र बदबहादुर विष्टले ५१४ मत ल्याएर विजयी भएका छन् । पराजित कृष्णबहादुर भण्डारीले २९१ र पदमबहादुर रावतले २७३ मत ल्याए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।