यु–१९ राष्ट्रिय क्रिकेट : लुम्बिनीमाथि कर्णालीको शानदार जित

बाईबाई पुरुष यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशमाथि १४० रनको जित निकाल्दै शानदार सुरुवात गरेको छ । 

२३३ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी २३.५ आभेरमा सबै विकेट गुमाउँदै ९२ रनमा समेटियो । 
लुम्बिनीका लागि प्रज्जवल थापाले सर्वाधिक २८, दुर्गेश गुप्ताले २० र आकाश त्रिपाठीले १५ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

लुम्बिनीलाई सस्तैमा समेट्न कर्णालीका प्रकाश जैशीले ५, युनिश सिंहले ३ र अनुज चुनाराले २ विकेट लिए ।  

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनाएको थियो । 

कर्णालीका लागि सुवास अयरले ७६ रनको उत्कृष्ट पारी खेले । ३५.१ ओभरमा वासिर अहमेदले बोल्ड गराउनुअघि उनले ९० बलको सामना गर्दै ९ चौका र ३ छक्का प्रहार गरे ।

तेस्रो विकेटका लागि सुवास र कप्तान निश्चल रावलले १२२ रनको उत्कृष्ट साझेदारी गर्दै कर्णालीको पारी उकासेका थिए । निश्चलले ४४ रन बनाए । 



विपिन रावलले ३२ र प्रकाश जैसीले २५ रनको योगदान दिए । 

लुम्बिनीका लागि दुर्गेश गुप्ताले ४, विशाल विक्रम केसीले २ तथा वासिर अहमेद र मोहम्मद हुसेनले १ विकेट हात पारे ।



यो जितसँगै कर्णाली सुखद सुरुवात गर्दै २ अंक जोड्दा लुम्बिनी प्रदेशले पहिलो पराजय बेहोरेको छ ।  

लुम्बिनीले पहिलो खेलमा गण्डकी प्रदेशमाथि ९ विकेटको शानदार जित हात पारेको थियो ।   
 

  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार १४:४९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया