नेपाली कांग्रेस जुम्लाको १४औँ जिल्ला अधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा पक्षका कर्णबहादुर शाही विजयी भएका छन् । शाहीले खसेको कुल ९८१ मतमध्ये ४७४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पौडेल पक्षधर दीपबहादुर शाहीले ४६९ मत ल्याए । पाँच मतको अन्तरले संस्थापन पक्षधर शाही विजयी भएका निर्वाचन अधिकृत हसिना प्रधानले जानकारी दिइन् ।
सभापति शाहीबाहेक अन्य पदाधिकारीमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय प्यानल नै विजयी भएको छ । उपाध्यक्षमा दीपक शाही र कार्मा बुढा विजयी भएका छन् ।
उपाध्यक्ष शाहीले ५१६ र बुढाले ४८६ मत प्राप्त गरेका छन् । सचिवमा अर्जुनसिंह कठायत र लक्ष्मण शाही विजयी भएका छन् । कठायतले ५१८ र शाहीले ४५७ मत प्राप्त गरेका छन् । सहसचिवद्वयमा नन्दप्रसाद चौलागाई ५०० र धनेन्द्र बोहोरा ४४८ मत प्राप्त गरेर विजयी भएका निर्वाचन मण्डलले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।