क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान

आसन्न टी-२० बिग बास लिग (बीबीएल)  क्रिकेट प्रतियोगिता खेल्न  नेपाल राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने आज अष्ट्रेलिया प्रस्थान गरेका छन् । सन्दीपले बुधबार सामाजिक संजालमार्फत अष्ट्रेलिया प्रस्थान गरेको जानकारी गराएका छन् । 

बीबीएल क्लब होबर्ट हुरिकेन्समा अनुबन्धित सन्दीप लगातार दोस्रो सिजन खेल्न त्यसतर्फ प्रस्थान गरेका हुन् । ५ डिसेम्बरबाट सुरू हुने लिगमा होबर्ट हुरिकेन्सले पहिलो खेल सिड्नी सिक्सर्ससँग रहेको छ । लिगमा आठ टिमको सहभागिता रहेको छ । 

सन्दीपले बीबीएल लिगमा कुल १९ खेल खेल्दा ३४ विकेट लिएका छन् । सन्दीप बीबीएल लिग क्रिकेट खेल्ने पहिलो  नेपाली खेलाडी हुन् । 





  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार १५:२८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया