नेपालमा एसिया सेल्टर फोरम वार्षिक सम्मेलन हुने

सरकारले एसिया सेल्टर फोरम वार्षिक सम्मेलन २०२१ आयोजना गर्ने भएको छ । 

सहरी विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको नेतृत्वमा तेस्रो एसिया सेल्टर फोरम वार्षिक सम्मेलन आयोजना हुने भएको हो । 

सम्मेलनको शीर्षक ‘आवास तथा बस्तीसम्बन्धी क्षेत्रीय सिकाइ एवं सहकार्य’ रहेको छ । सम्मेलनको उद्घाटन शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गर्नेछिन् ।

सम्मेलनमा जुम मिटिङबाट सहभागिता जनाउन सकिनेछ । यसैगरी भौतिक रूपमा उपस्थित हुन चाहनेहरूले ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा जानुपर्नेछ । 

आवास तथा बस्तीसँग सम्बन्धित राम्रा अभ्यास, सिकाइ तथा चुनौति एवं नेपालले कार्यान्वयन गरेका कार्यहरूको बारेमा छलफल हुने बताइएको छ । 

सबै सत्रहरूमा विगतमा सिकाएको पाठको अभिलेखीकरण गर्नुका साथै नेपालको आवाससम्बन्धी हासिल गरेका अभ्यासलाई सुदृढीकरण गर्नका लागि भावी रणनीतिबारे छलफल गरिने गैसस महासंघ नेपाल तथा आवास पुनर्स्थापना तथा पुनर्निर्माण समन्वय मञ्च (एचआरआरपी)का राष्ट्रिय संयोजक मिनार थापामगरले जानकारी दिए ।



संयाेजक थापामगरले सम्मेलनमा दीर्घकालीन पुनर्लाभ सम्बन्धी छलफल गरिने बताउँदै सम्मेलनले एसिया प्रशान्त क्षेत्रमा अवस्थित आवास सम्बन्धी कार्य गर्ने अध्येता एवं संघ संस्थालाई एकै ठाउँमा ल्याएर बलियो सञ्जाल स्थापना गर्ने बताए ।

संयोजक थापामगरले भने, ‘सबै सत्रहरूमा विगतमा सिकाएको पाठको अभिलेखीकरण गर्नुका साथै नेपालको आवाससम्बन्धी हासिल गरेका अभ्यासलाई सुदृढीकरण गर्नका लागि भावी रणनीतिबारे छलफल गरिनेछ । सम्मेलनमा दीर्घकालीन पुनर्लाभ सम्बन्धी छलफल गरिनेछ । सम्मेलनले एसिया प्रशान्त क्षेत्रमा अवस्थित आवास सम्बन्धी कार्य गर्ने अध्येता एवं संघ संस्थालाई एकै ठाउँमा ल्याएर बलियो सञ्जाल स्थापना गर्नेछ । यसले विभिन्न देशमा भइरहेका विपद्का समस्याहरू साटासाट गर्ने थलोको रूपमा लिन सकिन्छ । त्यहाँ कसरी काम भयो ? एसियामा केही विपद् आए कसरी समाधान गर्ने ? तत्काल कसरी वासको समस्या हटाउने भन्ने बारेका चासो राख्ने गर्छ ।’



राष्ट्रिय संयोजक थापामगरले सम्मेलनले विभिन्न देशहरूमा हालै भएका विपद्का घटनाबाट सिकाएको पाठ, अनुभव तथा त्यसको प्रतिकार्यबारे पनि छलफल गर्ने बताए । सम्मेलन यही मंसिर ९ देखि ११ गतेसम्म सञ्चालन हुनेछ । 

  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार १५:४७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया