स्पेनिस क्लब रियल मड्रिडका फ्रेन्च स्ट्रायकर करिम बेन्जिमाले आफ्नै साथी म्याथ्यु भल्बोउनलाई ब्ल्याकमेल गरेको पुष्टि भएको छ ।
सन् २०१५ मा पेरिस नजिकै म्याथ्युको फोनबाट चोरेर सेक्सटेप सार्वजनिक गरिएको थियो । बेन्जिमाले यही विषयमा उनलाई ब्ल्याकमेल गरेका थिए ।
यो विषयको सुरुवातमा बेन्जिमाले आफ्नो साथीलाई सहयोग गर्न खोजेको धारणा राखेका थिए । तर, बुधबार बिहान अदालतले उनी त्यो भिडियो काण्डमा दोषी भएको ठहर गर्दै एक वर्ष प्रतिबन्धका साथै ७५ हजार युरो जरिवाना सुनाएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।