कैलालीमा विद्युतीय पासोमा परेर एक जनाको मृत्यु

कैलालीमा विद्युतीय धरापको पासोमा परेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–७ को सुनपाल सामुदायिक वनमा शिकारको लागि बिच्छाएको विद्युतीय धरापको पासोमा परेर सोही वडाका करिब ५५ वर्षीय देवबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शिकारी समूहले वन्यजन्तुको शिकार गर्न बिच्छाएको नाङ्गो तारका कारण करेन्ट लागेर उनको मृत्यु भएको हो । मृतकको नजिकमा एक थान भरुवा बन्दुकसमेत फेला परेको इलाका प्रहरी कार्यालय मसुरियाका प्रहरी नायब निरीक्षक राम सिं कार्कीले जानकारी दिए । 

मृतक शिकार गर्न जाने क्रममा विद्युतीय पासोमा परेर मरेको हुन सक्ने प्रहरीको अनुमान गरेका छन् । तार ११ केभी प्रसारण लाइनबाट हुक गरेर १ किलोमिटर वन क्षेत्रमा बिच्छाएको फेला परेको छ ।





  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार १६:४६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया