नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत धनुषाको १८ मध्ये ९ स्थानीय तहमा सर्वसम्मत र ९ मा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ ।
आइतबारदेखि सुरु भएको महाअधिवेशन बुधबार दिउँसो १ बजेसम्म चलेको थियो । आन्तरिक सहमतिका आधारमा ९ वटा पालिका सोमबारसम्ममा सर्वसम्मत नेतृत्व चयन भइसकेको थियो । त्यस्तै, मंगलबार र बुधबार बाँकी ९ वटा पालिकामा निर्वाचन भएको बताइएको छ ।
धनुषाको निर्वाचन क्षेत्र नम्बर १ का ५ पालिकामध्ये धनुषाधाम नगरपालिकामा चन्द्रद्रीप यादव, हंसपुर नगरपालिकामा राजनारायण कापर सर्वसम्मत चयन भएका छन् भने सबैला नगरपालिकामा खटु यादव, मिथिलाबिहारी नगरपालिकामा राजेन्द्र यादव र गणेशमान चारनाथ नगरपालिकामा रामशुभ यादवले निर्वाचनमार्फत नेतृत्व पाएका छन् ।
क्षेत्र नम्बर २ का ५ पालिकामध्ये औरही गाउँपालिकामा जुगल सिंहले सर्वसम्मत नेतृत्व पाएका छन् भने विदेह नगरपालिकामा गणेश साह, कमला नगरपालिकामा शंकर यादव, शहीदनगर नगरपालिकामा श्रीलाल यादव र जनकनन्दनी गाउँपालिकामा दिलिपकुमार यादवले निर्वाचनमार्फत नेतृत्व पाएका छन् ।
त्यस्तै, क्षेत्र ३ मा जनकपुरधाम उपमहानगरपालिकासहित ४ पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । संसदीय दलका नेता रामसरोज यादवले जनकपुरधाम उपमहानगरपालिकामा मनोज साह, नगराईन नगरपालिकामा विनय यादव, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा विश्वनाथ यादव र धनौजी गाउँपालिकामा रामनारायण यादवले सर्वसम्मत नेतृत्व पाएको जानकारी दिएका छन् ।
क्षेत्र नम्बर ४ का ४ पालिकामध्ये २ पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ भने एउटामा निर्वाचनबाट नेतृत्व चयन गरिएको हो । लक्ष्मिनिया गाउँपालिकामा भोगेन्द्र मिश्र र क्षिरेश्वरनाथ नगरपालिकामा लालबाबु यादवले सर्वसम्मत नेतृत्व पाएका छ भने मिथिला नगरपालिकामा जोगी महतो र बटेश्वर गाउँपालिकामा राजेन्द्र यादवले निर्वाचनबाट नेतृत्व पाएका छन् ।
जिल्लाभरिको पालिकाको अधिवेशन सम्पन्न सर्वसम्मत भएकाहरूमा प्रमाणपत्र वितरण भइसकेको छ भने निर्वाचन भएका पालिकाहरुमा प्रमाणपत्र दिने कार्य जारी रहेको जल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।