कांग्रेस काठमाडौं २ को सभापतिमा कविर शर्मा विजयी

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं २ को सभापति पदमा कविर शर्मा विजयी भएका छन् । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत सम्पन्न अधिवेशनको मतगणनाअनुसार शर्माले २८५ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अर्जुन पराजुलीले २२० मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृत वासु रिजालका अनुसार महाधिवेशन प्रतिनिधि खुलातर्फ उपेन्द्र कार्की, ओमबहादुर कार्की, जयराज पुडासैनी, दीपकप्रसाद कुइँकेल, राजाराम तिवारी, रामशरण ढुंगाना, लवराज दाहाल, लोकेश ढकाल र शंकर थापा विजयी भएका छन् ।

यस्तै, महाधिवेशन प्रतिनिधि खस आर्य खुलामा कृष्णबहादुर केसी, प्रवीनमान सिंह, दलिततर्फ हरिशरण नेपाली, मुस्लिम, अल्पसंख्यक, अपांगतातर्फ नहकुल थापा, मधेसीतर्फ मुकेश मिश्र विजयी भएका छन् । 

खस आर्य महिलातर्फ मञ्जु खड्का र द्रोणा खड्का, खुला महिलातर्फ जानकी केसी, प्रतिमा गौतम, भद्रा भण्डारी, शर्मिला थापा कार्की निर्वाचित भएका छन् ।





  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार १७:५८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया