देशभर थपिए ३३२ कोरोना संक्रमित, चारको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कूल नौ हजार ९२० मा कोरोना परीक्षण गर्दा ३३२ जनामा संक्रमण पुष्टि भएको हो । 

सक्रिय संक्रमितको संख्या सात हजार ३६९ रहेका छन् । पछिल्लो समय थप २३२ जना संक्रमणमुक्त भएका छन् । योसँगै भाइरस संक्रमणमुक्त हुनेको संख्या आठ लाख एक हजार १२२ पुगेको छ । संक्रमणमुक्त हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पाँच सयभन्दा बढी संक्रमण भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् । यस्तै शून्य संक्रमित भएका जिल्ला मनाङ, हुम्ला, डोल्पा, जाजरकोट र मुगु रहेका छन् । 

नेपालमा संक्रमण दर १७.९ प्रतिशत रहेको छ । हाल होम आइसोलेशनमा छ हजार ९८१, संस्थागत आइसोलेशनमा ३८८, आइसियुमा २०६ र भेन्टिलेटरमा ४० जनाको उपचार हुँदैछ ।  

संक्रमणबाट चारको मृत्यु 

पछिल्लो २४ घण्टामा कोरोनाबाट आज थप चारको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५१३ पुगेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ४७ हजार २६२ ले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । पहिलो मात्रा ९२ लाख ८४ हजार ३३७ ले र पूर्ण मात्रा ८० लाख ५९ हजार ३०२ ले खोप लगाएका छन् । 





  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार १८:०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया