बालिका बलात्कारको आरोपमा कोटेश्वरबाट सेनाका हवल्दार पक्राउ

बलात्कारको आरोपमा काठमाडौंको कोटेश्वरबाट नेपाली सेनाका हवल्दार पक्राउ परेका छन् । १३ बालिकालाई बलात्कार गरेको आरोपमा ३६ वर्षीय सेनाका हवल्दार गोविन्द सिंह विष्टलाई प्रहरीले पक्राउ गरेको हो ।

विष्ट कञ्चनपुर घर भइ ललितपुरको लेलेस्थित सैनिक ब्यारेकमा कार्यरत थिए । प्रहरीको अपराध महाशाखाले उनलाई बुधबार साँझ काठमाडौंको कोटेश्वर चोकबाट पक्राउ गरेको हो । 

उनीमाथि कात्तिक ३० गते ललितपुरको लगनखेलबाट १३ वर्षीया बालिकालाई ललाइफकाइ कोटेश्वरको एक होटलमा लगेर बलात्कार आरोप लागेको छ ।

विष्टलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको अपराध महाशाखाले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार २०:११:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया