कांग्रेस महाधिवेशन : सुदूरपश्चिमका तीन जिल्लामा देउवा र दुईमा पौडेल पक्ष विजयी

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सुदूरपश्चिमका पाँच जिल्लामा अधिवेशन सम्पन्न भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरासहित एउटा मात्र निर्वाचन क्षेत्र भएको डोटी, बैतडी, बझाङ र बाजुरामा अधिवेशन सम्पन्न भएको हो ।

डडेल्धुरामा भीमबहादुर साउँद, बैतडीमा चतुरबहादुर चन्द, बाजुरामा रामसिंह रावल, बझाङमा खडकबहादुर बोहरा र डोटीमा नरेन्द्रबहादुर सिंह जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

बझाङका बोहरा, डडेल्धुराका साउँद र डोटीका सिंह संस्थापन अर्थात देउवा पक्षका हुन् भने बाजुराका रावल र बैतडीका चन्द संस्थापनइतर अर्थात रामचन्द्र पौडेल पक्षबाट विजयी भएका हुन् । पाँच जिल्लामा भएको निर्वाचनमा महाधिवेशन प्रतिनिधिमा भने संस्थापन पक्ष अगाडि छ ।

अब एउटा मात्रै निर्वाचन क्षेत्र भएको दार्चुलामा जिल्ला कार्यसमिति चयन हुन बाँकी छ । दार्चुलामा वर्तमान सभापति ललित बोहरा र उपसभापति अमरसिंह धामीले सभापतिका लागि मनोनयन दर्ता गरेका छन् । उनीहरू दुवै दिलेन्द्र बडू निकट हुन् ।

दार्चुलामा भोलि मतदान हुने कार्यक्रम तय गरेको छ । दुई निर्वाचन क्षेत्र रहेको अछाम, तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुर र पाँच निर्वाचन क्षेत्र भएको कैलालीमा अधिवेशन हुन बाँकी छ ।





  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार २०:२०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया