कांग्रेस महाधिवेशन : अवधारणा पत्र सार्वजनिक गर्दै सभापतिका दाबेदार निधि

नेपाली कांग्रेसको भावी सभापति पदका दाबेदार उपसभापति विमलेन्द्र निधिले आज अवधारणा पत्र सार्वजनिक गर्ने भएका छन् । 

थापा गाउँमा रहेकाे सम्पर्क कार्यालयमा दिउँसाे १ बजे पत्रकार सम्मेलन गरी सभापति पदमा निर्वाचित भए कस्तो कांग्रेस बन्ने छ भन्ने अवधारणा सार्वजनिक गर्न लागेका हुन् ।

उनले `वैचारिक रूपमा स्पष्ट कांग्रेस, एकताबद्ध कांग्रेस र गतिशील कांग्रेस’ को नारा पनि तय गरेका छन् । साेमबार उम्मेदवारी दिनको २३ बुँदे कारण सार्वजनिक गरेका थिए । 

कांग्रेसमा उनी नेता कल्याणकुमार गुरुङपछि सभापति पदमा उम्मेदवारी घोषणा गर्ने नेता हुन् । पार्टीको संस्थापन पक्ष अर्थात् सभापति शेरबहादुर देउवासँग रुष्ट भएर उनी अलग भएका हुन् । 

२०५९ सालमा देउवाले नेपाली कांग्रेस (प्रजातान्त्रिक)  स्थापना गर्दादेखि साथ दिएका निधिकाे चाहना संस्थापन पक्षबाट सभापति पदका एकल उम्मेदवार हुने थियाे । 
देउवालाई आग्रह पनि गरे ।

तर, फेरि सभापति हुने देउवाको चाहनापछि निधि अलग भएका थिए ।





  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार ६:३३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया