च्याम्पियन्स लिग : पिएसजीलाई हराउँदै सिटी समूह विजेता

स्टार खेलाडीले भरिएको पेरिस सेन्ट जर्मेनलाई पराजित गर्दै म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको समूह ‘ए’ को विजेताको रूपमा नकआउट चरणमा स्थान सुरक्षित गरेको छ ।

गएराति सिटीले घरेलु मैदान एतिहादमा पिएसजीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेलमा तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो । 

भ्रमणकारी टोली पिएसजीका केलियन एमबाप्पेले खेलको ५० औँ मिनेटमा टोलीको लागि अग्रता लिएका थिए । तर रहिम स्टर्लिङले खेलको ६३ औँ मिनेटमा बराबरी गोल गरे भने ग्रावियल जेसुसले ७६ औँ मिनेटमा २-१ को अग्रता बनाए । 

स्पेनिस क्लब रियम मड्रिडबाट पेरिस झरेका सर्जियो रामोस सिटीविरुद्ध टोलीमा समावेश भएपनि डेब्यु भने गर्न पाएनन् । सिटीविरुद्ध पिएसजीले लियोनल मेस्सी, नेयमार र एमबाप्पेको जोडीलाई अग्रपंक्तिको जिम्मेवारी दिए पनि सफल भएनन् । 

यस समूहबाट सिटी समूह विजेताको रूपमा अन्तिम १६ मा स्थान बनाउँदा पिएसजी उपविजेताको रूपमा नक आउट चरणमा स्थान बनायो । 

समूह ‘ए’ को अर्को खेलमा आरबी लाइपजिगले क्लब ब्रुगलाई ५-० ले पराजित गर्‍याे । जितसँगै सिटीले ५ खेलमा १२ अंक जोड्दै शीर्षस्थान कब्जा गर्‍याे ।  पिएसजी समान खेलमा ८ अंकसहित दोस्रो स्थानमा छ । लाइपजित र ब्रुगको समान ४ अंक रहेको छ । 





  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार ६:५३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया