सुनसरी कांग्रेसमा मिश्रित परिणाम

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सुनसरीमा भएको प्रतिनिधिसभा क्षेत्र अधिवेशनमा संस्थापन इतर बलियो देखिएको छ । 

सुनसरीका ४ वटा निर्वाचन क्षेत्रअन्तर्गत भएका निर्वाचनमा संस्थापन इतर समूह बलियो देखिएको छ । सुनसरी क्षेत्र नम्बर १ मा संस्थापन इतर प्यानल नै विजयी भएको छ । 

निर्वाचनमा पौडेल कोइराला समूहबाट सभापतिका उम्मेदवार सुजेन्द्र तामाङले देउवा पक्षका उम्मेदवार लक्ष्मी खतिवडालाई १७८ मत अन्तरले पराजित गरे । तामाङले ३९३ मत पाए भने उनका प्रतिस्पर्धी लक्ष्मी खतिवडाले २१५ मत मात्र पाइन् ।  

त्यस्तै, सचिवमा तामाङ प्यानलका उम्मेदवार महेन्द्र प्रधानले ३६४ र केशव पुरीले ३२१ मत पाएर जित हात पारेका छन् । सचिव पदका खतिवडा प्यानलका उम्मेदवार देवेन्द्र लिम्बुले २९३ र जयबहादुर लिम्बुले १७२ मत मात्र पाए । 

सुनसरी क्षेत्र नम्बर २ मा पनि सभापतिमा संस्थापन इतरका उम्मेदवार लालमणी सुवेदी सभापतिमा विजयी भएका छन् । उनले संस्थापन पक्षका मणिराम श्रेष्ठलाई हराए । 

मंगलबार जिल्ला पार्टी कार्यालय इनरुवामा भएको निर्वाचनको मत परिणाम बुधबार राति मात्रै आएको हो । यस्तै, सचिवमा मनोज कुमार चौधरी र कृष्णदेव मेहता निर्वाचित भएका छन् । 



यस्तै, सहसचिवमा खेमराज पोखरेल (नवीन) र शत्रुधन शाह निर्वाचित भएका छन् । सुनसरी क्षेत्र नम्बर ४ मा भने संस्थापन पक्षको प्यानलै विजयी भएको छ । सुनसरी क्षेत्र नम्बर ४ मा एयुब अन्सारीको प्यानलै विजयी भएको हो । 

एयुव संस्थापन पक्षका उम्मेदवार हुन्  । उनले ४ सय २७ मत ल्याए । उनका प्रतिद्वन्द्वी अख्तर आजादले २२० मत ल्याए । यस्तै सचिवमा रोशन कुमार खड्का र जुगेश्वर यादब विजयी भए । 



सुनसरी ३ मा भ बुधबार निर्वाचन भएको थियो ।

  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार ८:२०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया