गौतम गम्भीरलाई हत्या गर्ने धम्की
फाइल तस्बिर

आइएसआइ कश्मीरले भारतीय जनता पार्टी (भाजपा) का नेता गौतम गम्भीरलाई हत्या गर्ने धम्की दिएको छ । 

पूर्वक्रिकेटरसमेत रहेका गौतमलाई कश्मीरमा सशस्त्र द्धन्द्ध मच्चाइरहेका आइएसआइका लडाकुले हत्या गर्ने धम्की दिएको सुरक्षा अधिकारीहरूले पुष्टि गरेका छन् ।

गौतमलाई सो समूहले मंगलबार राति एउटा इमेल पठाएर परिवार र उनलाई हत्या गर्ने चेतावनी दिएको थियो ।
 
धम्कीपछि उनले त्यसबारे सुरक्षाकर्मीलाई जानकारी गराएका थिए । प्रहरीले उनको नयाँ दिल्लीस्थित निवासमा सुरक्षा सर्तकता कडा पारिएको छ । ४० वर्षीय गौतम भाजपाका केन्द्रीय सदस्य हुन् । 

उनी सन् २०१९ मा सम्पन्न लोकसभा निर्वाचनमा भाजपाका तर्फबाट निर्वाचित भएका थिए । आफूलाई राष्ट्रवादीको छवि बनाएका गौतम कश्मीरको अतिवादी गतिविधिको प्रखर आलोचक हुन् । 

दिल्ली प्रहरीका उपकमिसनर श्वेता चौहानले भनिन्, ‘गौतममाथि अतिवादीले दिएको धम्कीबारे हामीले अनुसन्धान गरिरहेका छौं । उनको निवासमा सुरक्षाकर्मी परिचालन गरेका छौं ।’ 





  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार ९:६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया