रूपन्देहीमा बस र माइक्रो आपसमा ठोक्किदा आठजना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत रूपन्देहीको मुर्गियामा बिहीबार बिहान दुईवटा सवारीसाधन आपसमा ठोक्किदा आठजना घाइते भएका छन् ।

काठमाडौंदेखि दाङ जाँदै गरेको ना ६ ख २३३१ नम्बरको यात्रुवाहक बस र रूपन्देहीको हरैयाबाट बुटवलतर्फ आउँदै गरेको माइक्रोबस बिहान करिब ६ बजे सैनामैना नगरपालिका–४ मुर्गियामा आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा दुवै सवारीसाधनका चार/चार जना यात्रु घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

घाइतेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । 





  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार ९:३८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया