उदयपुर कांग्रेस : क्षेत्रीय निर्वाचनमा देउवा पक्षको वर्चश्व

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत उदयपुरको क्षेत्रीय निर्वाचनमा संस्थापन पक्ष हाबी भएकाे छ । निर्वाचन क्षेत्र १ मा खगेन्द्र राई र २ का रामकुमार राई विजयी भएका हुन् । दुवैजना संस्थापन पक्ष प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका हुन् । 

खगेन्द्रले ३४४ र उनका प्रतिस्पर्धी बसन्तकुमार बस्नेतले तीन सय ३४ मत पाए । क्षेत्रीय समितिको कार्यसमितिमा संस्थापन पक्षकाे वर्चश्व देखिएकाे छ । 

सचिवमा सुशील खत्री, सन्ताेष कोइराला, सहसचिवमा ओमकुमार कटेल, बेचुदास चौधरी, क्षेत्रीय सदस्य खुल्ला मौसम राई, शालिग्राम खड्का, महिला खुल्लामा विजयलक्ष्मी दाहाल अधिकारी, क्षेत्रीय सदस्य (ख) अर्जुनकुमार कटुवाल, दुर्गाप्रसाद कठेत, प्रदेश सदस्य (ख) महिला मिना दनुवार क्षेत्रीय सदस्य खुल्लामा लक्ष्मी अधिकारी, हरिनारायणदास चौधरी, हरिबहादुर कार्की, क्षेत्रीय सदस्य खुल्ला महिला रन्तकुमारी खड्का, क्षेत्रीय सदस्य खस आर्यबाट अम्बरबहादुर कटुवाल, खस आर्य महिलाबाट गोमा खड्का, आदिवासीबाट टीकाराम तामाङ, शोभा थापा, दलितबाट भीम विश्वकर्मा र मुस्लिमबाट सहरुल मियाँ निर्वाचित भएका छन् । 

निर्वाचन क्षेत्र २ काे सभापतिमा रामकुमार राई तीन सय १९ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी  रामकुमार खत्रीले ३०४ मत पाए । सचिवमा मोहनसिंह ठकुरी र हीराकुमार कार्की विजयी भए ।

सहसचिवमा कमलबहादुर कटुवाल र वीरेन्द्रकुमार राई विजयी भएका छन् । सदस्यहरूमा खुल्ला कुमारी अधिकारी, चन्द्रबहादुर कार्की, हेम राई आदिवासी जनजातिबाट कमला राई, पदमकुमारी आले मगर, खस आर्यबाट जंगबहादुर राउत, प्रदेश सभा (क) बाट निशानकुमार राई, प्रेमकुमार थापा, महिला दलितबाट बचरी बिक, दलितबाट रुद्रबहादुर रोक्का सार्की निर्वाचित भएका छन् । 

प्रदेशस्तरीय ४ प्रदेश निर्वाचन क्षेत्रमा भएको निर्वाचनमा तीन स्थानमा संस्थापन पक्ष विजयी भएको छ । एउटामा पौडेल कोइराला पक्ष विजयी भएका छन् । 



नतिजा आएको तीन स्थानमध्ये प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष निर्वाचन क्षेत्र १ (ख) मा सरोजकुमार बस्नेत, निर्वाचन क्षेत्र २ (क) खेसबहादुर मगर (ख) कृष्ण थापा निर्वाचित भएका छन् । कोइराला-पौडेल पक्षबाट निर्वाचन क्षेत्र १ (क) मा अर्जुन दाहाल विजयी भएका छन् ।  



  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार ९:५३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया