प्राइम लाइफ इन्स्योरेन्सको १५ दशमलव ८७ प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ १० मंसिरमा गते बुक क्लोज गर्दै छ ।
प्राइम लाइफले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर तिर्नको लागि शून्य दशमलव ८७ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीले १९ मंसिरको दिउँसो २ बजे १४ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।
कम्पनीले हाल काम चुक्ता पुँजी दुई अर्ब ४१ करोड रुपैयाँको १५ प्रतिशत अर्थात् ३६ करोड २५ लाख रुपैयाँ बराबरको बोनस र कर प्रयोजनार्थ एक करोड ९० लाख रुपैयाँ नगद लाभांश पारित गर्नेछ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।