रुकुम पश्चिमको कांग्रेस सभापतिमा प्रेमप्रकाश वली

नेपाली कांग्रेसको  १४ औं महाधिवेशनअन्तर्गत रुकुम पश्चिमको सभापतिमा प्रेमप्रकाश वली चयन भएका छन्  । उनी सर्वसम्मत चयन भएका हुन् । वली यसअघि पनि जिल्ला सभापतिको भूमिका थिए । 

त्यस्तै, उपसभापतिमा हर्कसिङ खत्री, सुरजजंग मल्ल, सचिवमा परमेश्वर भण्डारी र तारकबहादुर शाही, सह-सचिवमा यज्ञबहादुर विष्ट र प्रेमबहादुर खड्का चयन भएका छन्  । 

जिल्ला कार्य समितिले कोषाध्यक्ष मनोनित गर्ने भएको छ । यसअघिका कोषाध्यक्ष मोहवीर खड्कालाई नै दोहोर्‍याउने संकेत दिइसकेको छ । 

रुकुम पश्चिममा प्रदेश निर्वाचन क्षेत्रको नेतृत्व सर्वसम्मत भएको हो । प्रदेश निर्वाचन क्षेत्र  ‘क’मा महेन्द्र केसी चयन भएका छन्, भने  ‘ख’मा भद्रबहादुर विष्ट चयन भएका छन्  ।





  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार १०:४०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया