नेकपा एमालेका नेता महेश बस्नेतले आफूले सचिव पद नछाड्ने बताएका छन् । पार्टीको १० औँ महाधिवेशनमा सहभागी हुन चितवन आएका उनले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
साथै, उनले सकेसम्म केपी शर्मा ओली अध्यक्षमा सर्वसम्मत चयन हुने पनि बताए । एमाले अधिवेशन भोलिदेखि १२ मंसिरसम्म चितवनमा हुँदैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।