कैलालीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु, स्थिति तनावग्रस्त
आधा दजर्न बढी अश्रुग्यास प्रहार

कैलालीको लम्कीमा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । बिहीबार दिउँसो १२ तिर लम्कीचुहा नगरपालिका–१ पेट्रोल पम्प नजिकै ना २ ख ९३७० नम्बरको ट्रकले ठक्कर दिँदा अन्दाजी ५० वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक महिलाको पहिचान खुल्न सकेको छैन । महिलालाई ठक्कर दिने नवलपरासीका ट्रक चालक राजकुमार चौधरीलाई प्रहरीको नियन्त्रणमा लिइसकेको छ । ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि स्थानीय आक्रोशित भएका छन् । आक्रोशित भीडले ट्रक तोडफोड पनि गरेको छ । 

भीड नियन्त्रण गर्न प्रहरीले आधा दर्जन बढी सेल अश्रु ग्यास प्रहार गरेको छ । अहिले राजमार्ग र लम्की बजार बन्द गरिएको छ ।  





  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार १३:२१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया