विमानस्थलमा केही प्रतिक्रिया दिन चाहेनन् ओलीले

नेकपा एमालेको दसौँ महाधिवेशनका लागि चितवन आइपुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग प्रतिक्रिया दिन मानेनन् ।

ओली विमानस्थलबाट केही समयअघि एमाले महाधिवेशनको बन्दसत्र आयोजना हुने स्थान सौराहा पुगिसकेका छन् । आराम गर्ने हेतुले सौराहा पुगेका ओलीले नेतृत्व सर्वसम्मत होस् भन्नका लागि छलफल सुरु गरेका छन् ।

यसअघि विमानस्थलमा पत्रकारहरुलाई ओलीले समय नभएको भन्दै प्रतिक्रिया दिन मानेका थिएनन् ।

‘अहिले समय पुग्दैन, भ्याइँदैन,’ ओलीले भनेका थिए ।

एमालेको दसौं राष्ट्रिय महाधिवेशन भोलिबाट चितवनमा सुरु हुँदैछ । भोलि एमालेले महाधिवेशनको औपचारिक उद्घाटन नारायणी नदी किनारमा गर्दै छ । त्यसपछिका दुई दिन सौराहामा बन्दसत्र आयोजना हुँदैछ ।





  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार १४:१२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया