एमाले सचिवमा उम्मेदवारी दिने शेरधन राईको घोषणा

एमाले पोलिटव्युरो सदस्य एवं प्रदेश- १ का पूर्वमुख्यमन्त्री शेरधन राईले एमालेको सचिवमा उम्मेदवारी दिने बताएका छन् ।

भोलिदेखि चितवनमा सुरु हुन लागेको एमालेको १०औँ महाधिवेशनमा सहभागी हुन बिहीबार भरतपुर आइपुगेका राईले सचिवमा उम्मेदवारी दिनेगरी तयारी गरेको प्रतिक्रिया  दिए ।

एमालेले यसअघि विधान अधिवेशन गरिसकेको छ । नयाँ नेतृत्वका लागि राष्ट्रिय महाधिवेशन गर्न लागेको हो । एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट राई पोलिटव्युरो सदस्यमा निर्वाचित भएका हुन् ।

‘यसपटक राष्ट्रिय महाधिवेशनमा आफूलाई सबैभन्दा कान्छो पदाधिकारीको रूपमा प्रस्तुत गर्ने निधो गरेको छु । त्यो भनेको  हामीले विधान महाधिवेशनमा सात जना सचिवको व्यवस्था गरेका छौँ । त्यो सातमध्ये एउटा सचिवमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने तयारी गरेको छु’, उनले भने ।

एमालेले यसपटक महाधिवेशनलाई एकता र सहमतिको महाधिवेशनका रूपमा सम्पन्न गर्ने संकल्प गरेको उनले बताए । त्यसैअनुरूप नेतृत्वलगायतका नेताहरूले पहलकदमी लिएको उनको भनाइ छ ।





  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार १४:४८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया