कांग्रेस महाधिवेशन : गच्छदारको निर्वाचन क्षेत्रमा मतदान स्थगित

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सुनसरी ३ को मतदान कार्यक्रम रोकिएको छ । 

आज बिहान ९ बजेको लागि तोकिएको सुनसरी क्षेत्र नम्बर ३ को निर्वाचन कार्यक्रम दिउँसो २ बजे सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

उपसभापति विजयकुमार गच्छदारको निर्वाचन क्षेत्र रहेको सुनसरी ३ मा सुरुमा बुधबार निर्वाचन हुने कार्यक्रम थियो । तर निर्वाचन कार्यक्रम रोकेर दिनभर ‘सहमति’का लागि प्रयास भएको थियो ।





  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार १५:३९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया