‘घर र समाजको ऐक्यबद्धता, लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता’ भन्ने नारासहित नेपालमा ३० औँ अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान २०२१ शुरु भएको छ ।
बिहीवार काठमाडौंको माइतीघरबाट महिलाको निम्ति महिला मञ्च नेपाल, नेपाल महिला एकता समाज लगायतका संघ–संस्थाहरुले नेपालमा ३० औँ अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान २०२१ शुरु गरेका हुन् ।
अभियानमा सहभागीहरुले महिलाहरुमाथि कुनै पनि लैङ्गिक विभेद हुनु नहुने बताएका छन् । उनीहरुले महिला आन्दोलनबाट प्राप्त गरेका अधिकारलाई सम्मान गर्दै आगामी दिनमा अझ बढी संघर्ष गर्नुपर्ने तर्फ सचेत गराउनलाई १६ दिने महिला हिंसाविरुद्धको अभियान शुरु गर्नु परेको बताए ।
समाजमा महिलाहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन नहुँदा घरभित्रै हिंसाको विकराल अवस्था सिर्जना भइरहेको पनि उनीहरुको भनाइ छ । कार्यक्रममा सहभागी बनेकाहरुले महिला हिंसाको मुद्दालाई अहिलेसम्म महिलाको मुद्दको रुपमा मात्रै हेरिएको भन्दै यसलाई समान मुद्दाको रुपमा हेरिनु पर्ने माग गरेका छन् ।
कार्यक्रममा सहभागि विद्यार्थीहरुले कानून शब्दमा बलियो भए पनि कार्यान्वयनमा फितलो भएको भन्दै महिलाहरुको हक सुरक्षित गर्नका लागि कार्यान्वयनमा लैजान सुझाव दिएका छन् । उनीहरुले कानूनको कार्यान्वयन गरेर महिला हक, हीत र रोजगारी सिर्जना गरेपछि मात्रै महिलाहरु समान हुनसक्ने बताए ।
समाज परिवर्तन गर्न भनेर लागिरहँदा आफ्नो घर र परिवारमा आफूले महिलाहरुमाथि गरिरहको व्यवहार कस्तो छ भनेर सोच्न र महिलालाई सम्मान गर्दै आफूले पढेका कुराहरु व्यवहारमा लागू गर्न सके समाज परिवर्तन हुन समय नलाग्ने उनीहरुको भनाइ छ ।
उनीहरुले महिलाको नेतृत्व स्वीकार गर्,महिला दोस्रो दर्जाका होइनन्, सबै मिलि गरौँ प्रतिकार, कसैले अब नसहौँ बलात्कार, मेरो आमा महिनावारी नभएको भए म जन्मने थिइनँ, आमालाई दोस्रो दर्जाको रुपमा राख्न पाइन्न लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।