विद्यालयमा शिक्षामन्त्री पौडेलको छड्के

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल आकस्मिक विद्यालय अनुगमन गरेका छन् । बिहीबार दिउँसो कक्षा चलिरहेका बेला विद्यालयको शैक्षिक अवस्था जानकारी लिन त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा आकस्मिक अनुगमन गरेका हुन् ।

अनुगमनका क्रमममा मन्त्री पौडेलले भविष्यका कर्णधार बनाउने जिम्मा शिक्षकको काँधमा रहेको भन्दै गम्भीर भएर लाग्न निर्देशन दिए ।  कक्षा १ देखि १२ कक्षासम्म सञ्चालित विद्यालयमा ३ हजार ७ सय विद्यार्थी रहेका छन् ।

कक्षा सञ्चालन भइरहेका बेला मन्त्री पौडेलले प्रत्येक कक्षाकोठामा पुगेर अध्ययन गर्दै गर्दाका समस्या के–के छन् भन्दै विद्यार्थीलाई सोधेका थिए । ‘बुबाआमाको काखपछिको पाठशाला भनेको विद्यालय हो,’ उनले भने, ‘देशमा  निर्माण गर्ने बालबालिकाको जीवनमाथि खेलबाड नहोस् ।’

उनले शिक्षक, तथा विद्यार्थीले थप परिश्रम गरि नमुना विद्यालयका रूपमा स्थापित गराउन आग्रह गर्दै मन्त्रालयले थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्रीमा नियुक्त भएलगत्तै सार्वजनिक शिक्षा सुधार गर्ने मन्त्रालयको लक्ष्य रहेको भन्दै उनले विद्यालयका शिक्षक, विद्यार्थीले गरेको भूमिका नमुना हुने विश्वास व्यक्त गरे ।

एमबीबीएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट भएका सोही विद्यालयका आशिष झालाई मन्त्री पौडेलले फोन गरेर बधाई दिए ।

सार्वजनिक विद्यालयमा पढेका विद्यार्थीले राम्रो गर्न सक्छन् भन्ने उदाहरण तपाईंले दिनुभएको छ’ मन्त्री पौडेलले भने ‘शिक्षाको निम्ति आवश्यक पर्ने कुराहरुमा तपाईंलाई मन्त्रालयले सहयोग गर्छ ।’



कक्षा १२ सम्म पढाइ हुने विश्व निकेतन माध्यमिक विद्यालयमा विज्ञान, व्यवस्थापन, मानविकी, कानुन र शिक्षाको पढाइ हुन्छ । साथै कक्षा ९ मा इलेक्ट्रिक इन्जिनियरिङ अध्यापन गराइने विद्यालयका प्रअ हेरम्बराज कँडेलले जानकारी दिए ।

देशभरका सार्वजनिक विद्यालयमध्येको विश्व निकेतन माध्यमिक विद्यालय राम्रो मध्येको एक हो ।



  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार १६:४५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया