लगनखेलबाट कोटेश्वर ल्याएर १४ वर्षीया बालिकालाई बलात्कार, कञ्चनपुरका विष्ट पक्राउ

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–७ घर भई हाल ललितपुरको लेले बस्ने ३६ वर्षीय गोबिन्दसिंह बिष्ट रहेका छन् । 

उनले कात्तिक २८ गते लगनखेल बसपार्कबाट बालिकालाई ललाई फकाई कोटेश्वर लगेर बलात्कार गरेका थिए । पीडितको परिवारको उजुरीको आधारमा खटिएको महानगरीय अपराध महाशाखाको टोलीले कोटेश्वर चोकबाट पक्राउ गरेको हो । पक्राउ परेका बिष्टलाई थप अनुसन्धानका लाथि महानगरीय प्रहरी बृत्त बानेश्वरमा राखिएको छ ।
बिष्टले कात्तिक २८ गते दिउँसो साढे २ बजेतिर लगनखेल बसपार्कमा बालिकालाई भेटेका थिए । त्यही ललाई फकाई गर्दै सार्वजनिक बसमा चढाएर कोटेश्वर ल्याएका थिए । कोटेश्वर चोकमा बालिकालाई खाजा खुवाउनुका साथै नयाँ कपडा समेत किनिदिएका थिए । 

कोटेश्वर चोककै एक गेष्ट हाउसमा कोठा बुकिङ गरेर एक रात राखेका थिए । त्यही उनले बलात्कार गरेर अर्को दिन बिहान ६ बजेतिर लगनखेल बसपार्क क्षेत्रमै लगेर उनी फरार भएका थिए । 
घटनापछि पीडित बालिकाका आफन्तले प्रहरीमा उजुरी दिएको थियो । पक्राउ परेका बिष्टमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी बृत्त बानेश्वरले जानकारी दिएको छ । 





  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार १६:५४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया