थपिए ३०८ कोरोना संक्रमित, तीन जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ३०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ९ सय ९ जनामा गरिएको परीक्षणमा सो संख्यामा कोरोना पुष्टि भएको हो । 

त्यस्तै, आज कोरोनाबाट ३ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५१६ पुगेको छ ।

त्यस्तै आज २ सय ९८ संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १ हजार ४२० पुगेको छ । हाल देशभर कोरोनाको सक्रिय संक्रमित संख्या ७ हजार ३ सय ४९ रहेको छ ।  





  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार १७:२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया