आँखा स्वस्थ राख्न ९ टिप्स

आँखा अर्थात् मानिसको संवेदनशील अंग । मानिसको स्वास्थको महत्वपूर्ण अंग आँखालाई कसरी स्वस्थ राख्न सकिन्छ भन्नेतर्फ ध्यान दिन सकिरहेका हुँदैनौ । हिजोआज गर्मी महिना धेरै धुवाँ, धुलो र भाइरसहरूले प्रत्यक्ष रूपमा आँखालाई असर गरिरहेको हुन्छ ।

आँखा स्वस्थ राख्न अपनाउनुहोस् यी उपायः

नियमित रूपमा आँखाको जाँच गराउनुहोस्

हामी जब कुनै समस्या आइपर्छ अनि मात्र त्यसको समाधानतर्फ लाग्छाैं । कतिपय यस्ता पनि मान्छे छन् जसले कहिल्यै आँखा जाँच गराएका छैनन् । आँखालाई स्वस्थ राख्नका लागि बाल्यकालबाट चेकअप गराउनुपर्दछ । मानिसको जति उमेर बढ्दै जान्छ उतिउति आँखामा समस्या देखा पर्दै जान्छ । पछि आउने समस्या हुन नदिनका लागि नियमित आँखा जाँच गराउनुपर्छ ।

एकोहोरो नहेर्नुहोस्

लगातार रूपमा कम्प्युटर, मोबाइल आदिमा काम गर्दा यसको विद्युतीेय प्रभावले गर्दा आँखामा असर पर्छ । जसले गर्दा आँसु आउने, आँखा पाल्ने, आँखा कमजोर हुने समस्या देखा पर्दछ ।



उचित चस्माको प्रयोग गर्नुहोस्

चस्माले आँखालाई धुलो, धुँवा तथा कीटाणुबाट बचाउने मात्र होइन चोटपटकबाट जोगाउने गर्दछ । तर, बजारमा जथाभावी रूपमा राखिएका चस्माहरूले आँखाको रेटिनालाई असर गर्दछ । त्यसकारण आँखा चेक गरी डाक्टरको सल्लाह–सुझावअनुसार चस्माको प्रयोग गनुहोस् ।



आँखामा वंशाणुगत समस्या देखिन्छ

आँखाको रोग प्रायः वंशाणुगत हुने गर्छ । यसको निराकरणतर्फ ध्यान दिन जरुरी हुन्छ । आँखामा त्यस्तो केही समस्या देखा पर्यो भन्ने डाक्टरको सल्लाह–सुझाव लिनुपर्छ ।

आँखाको हेरविचार गर्नुहोस्

काँक्रोलाई स्लाइस काटेर आँखामा राख्दा डार्क सर्कल कम हुन्छ र आँखाको थकान पनि कम गर्दछ । कोरेसोमा आलुलाई कोरेर आँखामा प्याक लगाउने गर्नाले आँखावरिपरि रहेका कालो घेरा (डार्क सर्कल) लाई कम गर्ने मद्दत गर्छ । राति सत्नुभन्दा अगाडि रोगनको तेल आँखाको वरिपरि आँखीभौंको परेलामा लगाएर सुतेमा आँखा स्वस्थ रहन्छ ।

स्वस्थ रहनुहोस्

आँखालाई चाहिने तत्व जस्तै– हरियो तरकारी, पहेँलो फलफूल, माछाजस्ता खानेकुरा खानुहोस् । साथै नियमित रूपमा शारीरिक व्यायाम गर्नुहोस् जसले आँखालाई स्वस्थ राख्ने काम गर्दछ । हरियो सागसब्जीले खाने तथा व्यायाम गर्नाले मधुमेहका रोगीहरूको आँखामा र स्वास्थ्यमा फाइदा पु¥याउँछ ।

आँखाको सुरक्षामा ध्यान दिनुहोस्

मानव जीवनमा सबैभन्दा संवेदनशील अंग भनेको आँखा हो, त्यसकारण यसको सुरक्षामा पनि ध्यान दिन जरुरी छ । बाटो हिँड्दा धुलो, धुवाँ होस् या कलकारखानामा काम गर्दा वा मेसिनेरी उपकरण चलाउने काम गर्दा, स-साना कणहरू आएर आँखामा पर्ने सम्भावना हुन्छ । त्यसकारण आँखाको सुरक्षाका लागि चस्मा लगाउने तथा सुरक्षित उपाय अपाउनुपर्दछ ।

आँखालाई सुक्खा नबाउनुहोस्

आँखालाई सुक्खा राख्न नदिन वा स्वस्थ राख्नका लागि भिटामिन ‘ए’को आवश्यकता पर्दछ जुन तत्व गाजरबाट प्राप्त गर्ने सकिन्छ । माछामा पाइने ओमेगा–३ फ्याटी एसिडले आँखालाई सुक्खापनबाट जोगाउने काम गर्छ । घरेलु विधि प्रयोग गनुहोस् । आँखालाई स्वस्थ राख्नका लागि रातभर केही अमला पानीमा भिजाउने र बिहान त्यही पानीले आँखा सफा गर्ने । त्यसैगरी, थेरै मात्रामा जिरा र मिश्री धुलो पिस्ने र यसलाई पानीमा मिसाएर नियमित खाने गर्नाले आँखा तेजिलो हुन्छ ।

धुम्रपान नगर्नुहोस्

धुम्रपान गर्नाले मुटु तथा फोक्सोको क्यान्सर हुनुअघि यसले आँखाको दृष्टिलाई समेत असर गरेको हुन्छ । त्यसकारण धुम्रपानले आँखा स्वस्थ राख्नका लागि धुम्रपान छोड्नुपर्छ ।

  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार २०:२३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया