साथमा मोबाइल छ ? फबिङ त गर्नुहुन्न नि !

एजेन्सी– ‘फबिङ’ एक नयाँ शब्द हो । अष्ट्रेलियन डिक्सनेरीसँग जोडिएको यसको अर्थ पनि नयाँ नै छ ।

जब तपाईंसामु कोही व्यक्ति उभिएको छ, तर तपाईं उसलाई नदेखेझैँ गरी आफ्नो मोबाइलमा मात्र ध्यान केन्द्रित गर्नुहुन्छ भने त्यो अवस्था ‘फबिङ’ हो । यो परिस्थिति भने हामीले भोगिरहेको नै हो ।

जब कसैसँगको भेटमा उसलाई कुनै म्यासेज आउँछ, तब ऊ आफ्नो फोनमा व्यस्त भइदिन्छ । र, तपाईं उसको अगाडि आफूसँग कुराकानी गर्ने समय कुरेर बसिरहनुहुन्छ । विशेष अनुसन्धानबाट ब्रिटेनको केट युनिभर्सिटीले यो तथ्य पत्ता लगाएको हो । केटले ‘फबिङपछाडि रहेको मानसिक स्थितिमाथि अनुसन्धान गरेको छ । सो अनुसन्धानले पत्ता लगाएको छ कि यसले तपाईंको मानसिक स्थिति र अन्य मानिसको महत्त्व दुवै प्रभावित गर्दछ ।

‘फबिङ’को असर

अनुसन्धानबाट अघि रहेका मानिसमा निकै नकारात्मक असर पर्ने पत्ता लागेकोे छ । कुराकानीको दौरानमा ‘फबिङ’को सामना गर्ने मानिस असन्तुष्ट हुन्छ । सामना गर्ने मानिस आफूलाई एक्लो र बहिस्कृत महसुस गर्छ । दीर्घकालसम्म यसको मनोवैज्ञानिक असर पर्न जान्छ । यदि कोेही ‘फबिङ’को सिकार भइरहेको छ भने मानिसले उसलाई कम विश्वास गर्न थाल्छ । यस्तो परिस्थितिमा सकारात्मकभन्दा नकारात्मक मनोदशा ज्यादा हुन्छ ।

थाइल्याण्ड, एसियाली देश र युरोपमा मोबाइलको प्रयोगमा धेरै अन्तर पाइन्छ । थाइल्याण्डका मानिसले दिनमा पाँच घण्टा प्रतिदिनका दरले मोबाइल प्रयोग गर्ने गरेको पाइएको छ । तर, इंग्ल्याण्डका मानिस दुईदेखि अढाई घण्टा मात्र मोबाइल प्रयोग गर्छन् । मतलब ब्रिटेनको तुलनामा थाइल्याण्डमा ‘फबिङ’ गर्ने मानिसको संख्या अत्यधिक छ ।





  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार २०:२३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया