कीर्तिपुर नगरपालिकाले कार्यालय समय सुरु हुनुभन्दा पहिले राष्ट्रिय गान गाउने नियमको शुरुवात गरेको छ ।
कर्मचारीहरुलाई राखेर कार्यालय समय शुरु हुनुभन्दा पहिला राष्ट्रिय गान गाउने नियम शुरुवात गरेको हो । हरेक दिन कार्यालय समय शुरु हुनुपूर्व नेपाली र नेवारी राष्ट्रिय गान गाएर मात्रै काममा लाग्ने नियम बनाएर नगरपालिका अघि बढेको हो ।
राष्ट्रिय गान गाएर कार्यालयको काम गर्दा कर्मचारीहरुमा एक किसिमको जागरुकता आउने र समयमै कार्यालय सञ्चालन गर्न सकिने कुराको विकास हुने कीर्तिपुर नगरपालिकाका नगरप्रमुख रमेश महर्जनले बताए । उनले राष्ट्रिय गानसहित प्रत्येक दिन जसो केही निर्देशन पनि दिने र नीति कथाहरु पनि भन्ने गरेको बताए ।
नगरप्रमुख महर्जनले भने, ‘कीर्तिपुर नगरपालिकाले हामी जननिर्वाचित भएर आएपछि करिव साढे ४ वर्षपछि विगतका केही दिनदेखि सम्पूर्ण कर्मचारीहरुलाई समयमै उपस्थित गराएर राष्ट्रिय गानको शुरुवात गरेका छौँ, त्यो राष्ट्रिय गानको सँगै प्रत्येक दिन जसो केही निर्देशन पनि दिने र नीति कथाहरु पनि भन्ने शुरु गरेको छ, त्यसले गर्दा सम्भवतः हाम्रा कर्मचारीहरुमा एक खालको जागरुक पार्न, सचेतना आएको छ र पहिला जस्तो कर्मचारीहरु ढिलो आउने समस्या पनि मुक्त भएको छ ।’
नगरप्रमुख महर्जनले यस किसिमको कार्यक्रमले कर्मचारीहरुमा सचेतना बढेको र समय भन्दा ढिलो आउने समस्या हल भएको पनि बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।