नेकपा एमालेको महाधिवेशनका कारण नेपाल कांग्रेसको चितवन जिल्ला कार्यसमितिको निर्वाचन स्थगित भएको छ ।
निर्वाचन अधिकृत कमलमोहन पोखरेलले आज एक विज्ञप्ति जारी गर्दै एमालेको महाधिवेशनका कारण निर्वाचन अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको जानकारी दिएका हुन् ।
नेकपा एमालेको १०औँ राष्ट्रिय सम्मेलनका कारण नेपाली कांग्रेसका मतदाता क्षेत्रीय प्रतिनिधिहरू तथा उम्मेदवारका रूपमा रहेका क्षेत्रीय प्रतिनिधिहरू निर्वाचन स्थलसम्म आइपुग्न यातायात व्यवस्थापनमा कठिनाइ हुने र आए पनि मतदाताहरूलाई आवासको समेत व्यवस्थापन गर्न कठिनाइ हुने भन्दै उनले निर्वाचन कार्यक्रम स्थगित भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।