काठमाडौं महानगरपालिकालाई चार लाखबराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

ग्लोबल अन्तरधार्मिक शान्ति महासंघ नेपालले काठमाडौं महानगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबार आयोजित कार्यक्रममा महासंघले करिब चार लाखबराबरको स्वास्थ्य सामग्री महानगरपालिकालाई हस्तान्तरण गरेको हो । 

बढ्दो कोभिड–१९ जोखिम रोक्न महासंघले केही सहयोग होस् भन्दै करिब चार लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको बताएको छ । महासंघका महासचिव डा. महेन्द्र भट्टराईले हस्तान्तरित सामग्रीले कोभिड नियन्त्रणमा सघाउ पुग्ने जानकारी दिए। 

‘कोभिड–१९को जोखिम बढिरहेको छ। हाम्रो तर्फबाट पनि यसको नियन्त्रणमा केही सघाउ होस् भन्ने हेतुले बागमती प्रदेशअन्तर्गत काठमाडौं महानगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हौँ, अपेक्षा गर्छौं, समाजमा अशान्ति मच्चाइरहेको कोभिड–१९ केही हदसम्म नियन्त्रण हुन्छ,’ डा. भट्टराईले भने।

हस्तान्तरित सामाग्री बुझ्दै काठमाडौं महानगरपालिकाले यसलाई आवश्यकता र प्राथमिकताको आधारमा वितरण गर्ने जानकारी दिएको छ। महानगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सजिना महर्जनले सहयोगले कोभिड नियन्त्रणमा धेरै सघाउ पुग्ने पनि बताइन्।

‘अन्तरधार्मिक शान्ति महासंघले करिब चार लाखबराबरको कोभिड–१९ नियन्त्रणमा सघाउ पुग्ने स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ। हामी धन्यवाद दिन चहान्छौँ, यो सामानलाई हामी आवश्यकता र प्राथामिकताका आधारमा वितरण गर्छौं,’महर्जनले भनिन्।

महासंघले सातवटै प्रदेशमा स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रमअन्तर्गत बुधबार बागमती प्रदेशमा सामान हस्तान्तरण गरेको हो।



सामग्री हस्तान्तरण कार्यक्रममा महांसघका प्रतिनिधि, महानगरपालिकाका प्रतिनिधि र पत्रकारको उपस्थिति थियो।



  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार २१:१७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया