एमाले महाधिवेशनमा प्रचण्ड नजाने

शुक्रबारबाट सुरु हुन लागेको एमालेको दशौँ महाधिवेशनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपस्थित नहुने भएका छन् । महाधिवेशनमा शुभकामना दिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा भने चितवन जाने भएका छन् । प्रचण्डले भने आफू नगई प्रतिनिधि पठाउने भएका हुन् ।  

एमालेले माधव नेपालबाहेक सबै पार्टीका अध्यक्षलाई शुभकामना सम्बोधनका लागि निम्ता दिएको छ । दाहालले आफ्नो पूर्वनिर्धारित कार्यक्रम भएको जनाउँदै चितवन नजाने भएका हुन् । एमालेले काठमाडौंमा गर्न लागेको महाधिवेशन चितवनमा सारेर आफूलाई अप्ठ्यारोमा पार्न खोजेको प्रचण्डको बुझाइ छ । यद्यपि उनले त्यसले आफूलाई झन् फाइदा हुने बताउँदै आएका छन् । 

अध्यक्ष दाहाल उपस्थित नभए पनि अन्य कोहीलाई शुभकामना सन्देशका लागि पठाउने तयारी भएको एक केन्द्रीय नेताले बताएका छन् । सम्भवतः नेता नारायणकाजी श्रेष्ठ वा कृष्णबहादुर महरामध्ये एकजनालाई खटाउने माओवादीको तयारी छ । 

शुक्रबार अपराह्न १२ बजेबाट नारायणी नदीको किनारमा सुरु हुने महाधिवेशन​मा १५ देशका दलका प्रतिनिधि सहभागी हुने सचिव योगेश भट्टराईले जानकारी दिएका छन् । 





  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार २२:३४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया