‘ए’ डिभिजन लिग : दोस्रो चरणमा आज दुई खेल

काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुने भएका छन् । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र थ्री स्टार क्लब भिड्ने छन् ।

सातदोबाटोले पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको थियो । त्यस्तै, थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३(० हराएको थियो । 

सातदोबाटो र थ्री स्टारबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

त्यस्तै, आज नै हुने दोस्रो खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लब भिड्ने छन् । खेल अपरान्ह पौने ५ बजे हुनेछ 
। 

संकटा क्लबले आफ्नो पहिलो खेलमा हिमालयन शेर्पा क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो । फ्रेन्ड्स क्लब हिमालयन शेर्पा क्लबसँग बराबरी रोकिएको थियो ।   





  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार ७:२७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया