विश्वकप एसिया छनोट : मलेसियाविरुद्ध जित्नैपर्ने बाध्यतामा नेपाल
तस्बिर : क्यान

युएईमा जारी आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा आज नेपालले मलेसियासँग खेल्दैछ । यी टोलीबीचको खेल बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।

ग्लोबल छनोटमा पुग्ने सम्भावना कायमै राख्न नेपालले मलेसियालाई हराउनैपर्ने हुन्छ । यदि मलेसिया हार बेहोरे  शीर्ष स्थानमा रहेर अर्को चरणमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त हुनेछ । 

जारी प्रतियोगितामा नेपालले तीन म्याच खेल्दा दुईमा जित र एक खेलमा हारको सामना गरेको छ । पहिलो खेलमा नेपाल हकङकसँग ६ विकेट पराजित भएको थियो । 

दोस्रो खेलमा भने नेपालले भुटानलाई ८ र तेस्रो म्याचमा कुवेतलाई ९ विकेटले हराउन सफल भयो । नेपालले आइतबार लिगको अन्तिम खेलमा युएईको सामना गर्नेछ । जारी प्रतियोगितामा नेपालसहित घरेलु टोली युएई, भुटान, कुवेत, हङकङ र मलेसियाले खेलिरहेका छन् । अंक तालिकाको शीर्षमा रहने टोली टी–२० विश्वको छनोट चरणमा पुग्नेछ ।
 





  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार ७:३७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया