विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले दक्षिण अफ्रिकामा कोरोनाभाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिरहेको जनाएको छ । नयाँ भेरियन्टका कारण कोरोनाभाइरसविरुद्धको खोप पनि प्रभावहीन देखिएको छ । विश्वभर कोभिडका सयाैं भेरियन्ट (प्रकार) भेटिएका छन् ।
नयाँ भेरियन्ट पहिचान गरेका दक्षिण अफ्रिकाका विज्ञहरूले यसको उत्परिवर्तन असंख्य भएको बताएका छन् । नयाँ भेरियन्टका कारण अहिले प्रयोगमा आएका कोभिड खोप प्रभावकारी नहुने उनीहरूको भनाइ छ । डब्ल्युएचओका विज्ञहरू नयाँ भेरियन्टबारे अध्ययन गर्न दक्षिण अफ्रिकी देशको भ्रमण गर्दैछन् ।
नयाँ भाइरस देखिएसँगै बेलायतले दक्षिण अफ्रिकाका ६ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । बेलायतले दक्षिण अफ्रिका, नामिबिया, जाम्बिया, बोत्सवान, लेसेथो, इस्वातिनीका नागरिकलाई प्रतिबन्ध लगाएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।