अमेरिकाले चीनका ८ कम्पनीलाई लगायो प्रतिबन्ध, बेइजिङले भन्यो- वासिङ्टन हिस्टेरियाबाट ग्रसित

अमेरिकाले चीनका आठ ओटा कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकामा विकसित प्रविधि चीनले सैन्य प्रयोगमा ल्याएको भन्दै अमेरिकाले प्रतिबन्ध लगाएको हो ।

राष्ट्रिय सुरक्षामा  र विदेश नीतिमा जोड दिँदै अमेरिकी सरकारले अमेरिकी प्रविधि चीनलाई प्रयोग गर्नबाट रोक्न केही चिनियाँ कम्पनीविरुद्ध पछिल्लो कदम चालेको हो ।

अमेरिकी प्रतिबन्धको चीनले विरोध गरेको छ । बेइजिङमा पत्रकार सम्मेलन गर्दै चीनका विदेश मन्त्रालयका प्रवत्ता झाओ लिजियानले चिनियाँ कम्पनीहरूलाई दबाउन अमेरिकाले राज्य शक्ति दुरुपयोग गरेको आरोप लगाए ।

 ‘अमेरिकाको पछिल्लो कदमले चिनियाँ कम्पनीको चासोलाई असर गर्नुको साथै अन्तर्राष्ट्रिय अर्थतन्त्र र स्वतन्त्र व्यापरको नियम उल्लंघन गरेको छ,’ उनले भने ।

अमेरिकी कदमले विश्वव्यापी औद्योगिक सञ्जाल गम्भीर जोखिममा परेकोसमेत प्रवक्ता लिजियानले बताएका छन् । अमेरिका हिस्टेरियाबाट पीडित भएको र नैतिकता गुमाएको उनले आरोप लगाएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङबीच भर्चुअल वार्ता भएको दुई साता नबित्दै अमेरिकाले चिनियाँ कम्पनीमा प्रतिबन्ध लगाएको हो ।



वैठकमा चीनका राष्ट्रपति सीले सैन्य क्षेत्रमा दुबै देशको वृहत र साझा चासो भएको स्मरण गराउँदै एक अर्काबीच सहकार्य हुनुपर्ने बताएका थिए । बाइडेन प्रशासनले गत महिना चाइना कम्पनीको अमेरिकामा लाइसेन्स खारेज गरिदिएको थियो ।

यसअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट चीनबाट निर्यात हुने सामग्रीमा भारी शुल्क लगाएका थिए ।   



  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार ८:७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया