झापामा अवैध लागुऔषध ब्राउन सुगरसहित सात जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा भद्रपुर-७ टेलिभिट्टाका १९ वर्षीय नारायण राजवंशी, २२ वर्षीय प्रकाश राजवंशी, भद्रपुर-६ संगमटोलका २० वर्षीय राहुल ठाकुर, भद्रपुर-५ का २१ वर्षीय सोनु राजवंशी, बिर्तामोड-८ सैनिकटोलका १८ वर्षीय सुदीप श्रेष्ठ, बिर्तामोड-६ कसेनिटोलका ३१ वर्षीय प्रताप योञ्जन र अर्जुनधारा-१ का २८ वर्षीय राज श्रेष्ठ रहेका छन् ।
उनीहरू सातै जनालाई प्रहरीले भद्रपुर नगरपालिका–७ स्थित बोक्तोबारीबाट हिजाे बेलुका ब्राउन सुगरसहित पक्राउ गरेकाे हाे ।
उनीहरूकाे साथबाट ४.६१० मिलिग्राम ब्राउन सुगर, एक थान नाइट्राेजन ट्याबलेट, एक थान डिजिटल तराजु, मे ८ प ९७०१ र काे ३८ प ९०२८ नम्बरकाे माेटरसाइकल पनि बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।
प्रहरीले उनीहरूमाथि कारबाहीका लागि प्रक्रिया अगाडि बढाइरहेकाे छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।